news-details

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

काठमाडौं : गायक रामचन्द्र काफ्लेको रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

भारतले नेपाली सीमा सिचेको विषयलाई समेटेर काफ्लेले नयाँ गीत सार्वजनिक गरेका हुन्। गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको छ। गीतका शब्द सुरेन्द्र केसीका हुन्।

गीतको भिडियोमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई, आकाश श्रेष्ठको अभिनय छ।

त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोको निर्देशन दिपेन्द्र केसीले गरेका हुन्।

सम्बन्धित पोष्टहरू