कोरोना भाइरसका कारण माध्यमिक शिक्षा कक्षा १० SEE परीक्षा नगरी विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षामन्त्री पोखरेलले एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको बताए । कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा लिने तयारी भएको छ ।
एसइईमा एक हजार नौ सय ९५ केन्द्र र कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । चैत ६ बाट हुने भनिएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको चौकीमा पुगिसकेका थिए । कोरोना भाइरसको जोखिम बढेपछि एसइईको परीक्षा एक दिनअघि स्थगित भएको थियो ।