काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्सा संशोधनसँगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन आग्रह गरेका छन् ।
नेपालको संविधानको दोस्रो संसोधन प्रस्ताव पेशभएँगै त्यसमाथिको सामान्य छलफलमा भागलिदै उनले भारतलाई नेपालले सीमाको विषयमा गरेको पटक पटकको प्रयासको तिथिमिति सम्झाउनुपर्ने भएको पनि बताए ।
नेपालले भारतसँग यो विषयमा जानकारी गराएको तिथिमिति सम्झाउन पर्नेछ , ‘ उनले भने , ‘ दुई वटा संकल्प प्रस्ताव छ नेकपा र कांग्रेसको एउटै प्रस्ताव बनाउँ । यो संविधान संसोधन सँगसँगै नक्सामात्रै हैन यो भूमिबाट विदशी सेना फिर्ता पठाएर छाडछौं भन्ने संकल्प गरौं र भनौं सरकारलाई हाम्रो समर्थन छ । ‘ उनले सरकार खुट्टा नकमाउ सँगसँगै जवाफदेही होउ भन्ने प्रस्ताव पनि पारित गर्न संसदलाई आह्वान गर्न सभामुखलाई आग्रह गरे ।
भारतसँग वार्ता गर्न केके तयारी भइरहेको छ जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरे । हाम्रो अडानमा सुदृढरहँदै तयारी गर्नुपर्ने उनको भनाई छ । उनले केके तयारी भएको छ जानकारी गराउन पनि आग्रह गर्दछु ‘ उनले भने ।