news-details

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सरकारले लकडाउनको शुरूदेखि बन्द गरिएका निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ, तर मोटरसाइकलमा एकजना मात्र र कारमा चालकबाहेक २ जना मात्र बस्न पाउने छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले निजी सवारी साधन जोर बिजोरका आधारमा चल्ने निर्णय भएको जानकारी गराएका हुन् ।

‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने । व्यक्तिलाई मास्क लगाएर पैदल यात्रा गर्न रोक नलगाइने खतिवडाले जानकारी दिए

सम्बन्धित पोष्टहरू