news-details

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् ।

अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् ।
‘बिहीबारदेखि म बिरामी थिएँ, शरीर दुखिरहेको थियो । दुर्भाग्यवश मलाई कोरोना भएछ,’ अफ्रिदीले ट्वीटरमा लेखेका छन् ।

अफ्रिदीले आफूलाई सञ्चो होस् भनी प्रार्थना गरिदिन पनि आग्रह गरेका छन् । पाकिस्तानमा यसअघि पनि धेरै सेलिब्रिटीलाई कोरोना संक्रमण भइसकेको छ । अफ्रिदी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । हाल उनी खेलबाट संन्यास लिइसकेका छन् ।

पाकिस्तानमा एक लाख ३२ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण भएको छ । २ हजार ५ सय ५१ को मृत्यु भइसकेको छ । तर ५० हजार भन्दा धेरैलाई निको भइसकेको छ ।

सम्बन्धित पोष्टहरू